काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा अमित बाबु रोकाय र बिष्णु माझिको आवाजमा नयाँ गित "तिम्रो के हाल छ" बजारमा आएको छ। गीतमा अमित बाबु रोकायको लय र जगत बस्नेत को शब्द रहेको छ । गीतको शब्द चयनमा रस संगै लयमा माधुरियता गीतमा देखिएछ। गीतलाइ दर्शक श्रोताले मन पराउदै गएको आकलन गरिएको छ।
भिडियो तर्फ, पुस्कल शर्मा रन्जिता गुरुङ र अर्जुन भुसालको अभिनय रहेको भिडियोलाइ सृजन बरालको निर्देशन रहेको छ भने अमृत चापागाईंले सम्पादन/कलर गरेका हुन्।गीतको भिडियो अमित बाबु रोकायको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।