Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

परदेशी गायक सुर्य खड्काको ‘चरी बनैमा’ गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

परदेशी गायक सुर्य खड्काको ‘चरी बनैमा’ गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित दोहोरी गायक सुर्य खड्का र सिता श्रेष्ठको आवाजमा रहेको नयाँ लोक गित ‘चरी बनैमा’ भखरै सार्वजनिक भएको छ ।

सुर्य खड्काकै लय/संगीत रहेको सो गितमा माया प्रेमको विषयवस्तुलाई दर्शाईएको छ ।

NEPAL BANK POST ADD

दुर्गा पौडेलको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार साया भण्डारी, निक शर्मा र सूर्य खड्काको अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम विकास ज्ञवालीको सम्पादन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो surya khadka को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :