Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलेन्द्र विश्वकर्मा र सोनाको स्वरमा “रैछ माया अरिकैको” बजारमा (भिडियो)

कुलेन्द्र विश्वकर्मा र सोनाको स्वरमा “रैछ माया अरिकैको” बजारमा (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सांगीतिक क्षेत्रमा २ दशक लामो यात्रा गरिसकेका सफल सर्जक सागर विरही तथा उत्कृष्ट गीतहरूमा आवाज दिएर सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको सहकार्यमा नयाँ गीत रैछ माया अरिकैको भर्खर मात्र सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भएको छोटो समयमा निकै चर्चा भइरहेको छ । गीतमा सागरले निकै चोटिला शब्द कोरेका छन् भने उस्तै सुमधुर लय समेत संयोजन गरेका छन् । गीतमा कुलेन्द्र विश्वकर्माको आवाज र अभिनय पनि देख्न सकिन्छ । महिला आवाजमा भने सोना क्षेत्रीले साथ दिएकी छन् । उनको पनि आवाज निकै सुमधुर रहेको छ ।

रामजी लामिछानेको निर्देशन रहेको गीतमा विश्वकर्मालाई अभिनयमा जुना सुन्दास र स्मारिकाले साथ दिएका छन् । गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । निर्माण युनिटले गीत सार्बजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताएका छन् ।

रामजी लामिछानेको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोलाई मन कृष्ण महर्जनलको छांयाकन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो sagar birahi को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :