Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

काभ्रेमा भैसीले जन्मायो जुम्लिया पाडो, गाउँले चकित भन्छन : यस्तो कहिल्यै देखेको थिएनौ

काभ्रेमा भैसीले जन्मायो जुम्लिया पाडो, गाउँले चकित भन्छन : यस्तो कहिल्यै देखेको थिएनौ

काठमाडौँ । भैसीले जुम्लिया सन्तान जन्मायो भनेको सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो ,काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा एक किशनको घरमा भैसीले जुम्लिया पाडो र पाडी जन्माएको छ ।

कृषक केदार खड्काको घरको भैसीले जुम्लिया सन्तान जन्माएको हो । यो खबर थाहा पाए पछि सबै चकित परेका छन् । भैसीले जुम्लिया सन्तान जन्माएकोमा उत्साहित देखिएका केदार भने केहि कुराले चिन्तित पनि भएका छन । भैसीको नवजात सन्तानलाइ कसरी हुर्काउने ? के खुवाउने ? भन्ने कुराले उनलाई पिरोलिरहेको छ । भैसीले दिने दुधकै भरमा नवजात सन्तान हुर्काउन पर्ने देखिन्छ ।

बर्खाभारी लगाएको बालि पनि सबै बादरले खाने खड्काको भनाइ छ । बादर आतंक रहेको उक्त क्षेत्रमा स्थानीय सरकारले भने आज सम्म कुनै भूमिका खेल्न नसकेको उनले गुनासो गरे ।

केदार खड्का र उनको परिवार संग गरिएको कुराकानी हेर्न तलको लिङ्क खोल्नु होला ।

https://youtu.be/2FGs6d9ycoU