Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस

काठमाडौं । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुँदैछ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो।

सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा काठमाडौंस्थित एक होटेलमा लगेर जबरजस्ती करणी गरेको अभियोगपत्र दायर गरेको थियो।

स्वदेश फर्किने क्रममा उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।