काठमाडौँ। वीरगञ्जमा करेन्ट लागेर मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
वीरगञ्ज–परवानीपुर सडकखण्डमा चुडिएको विद्युतको तारले छुँदा ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ बहुअरी का ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाईते वीरगञ्ज–३२ चोर्नीका १९ वर्षीय सिकेन्द्र प्रसाद यादव को वीरगञ्जस्थीत नारायणी अस्पतालमा उपचार जारी छ । करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमै मृत्यु भएको हो ।