Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हिमाली र उच्च पहाडी जिल्ला हिमपात,सावधानी अपनाउन मौसमविद्को आग्रह

हिमाली र उच्च पहाडी जिल्ला हिमपात,सावधानी अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ । हिमाली र उच्च पहाडी जिल्ला हिमपात भइरहेकाले त्यस क्षेत्रको यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह गरेका छन् ।

पर्वातारोहण वा पदयात्रासँगै अहिले चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद्को बासीको सुझाव छ ।

हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।

आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश–१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको अनुमान रहेको मौसमविद्ले जानकारी दिए ।