Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवाका प्रतिस्पर्धी सागर ढकाल तीन दिन ‘निराहार’ व्रत बस्दै

देउवाका प्रतिस्पर्धी सागर ढकाल तीन दिन ‘निराहार’ व्रत बस्दै

काठमाडौँ । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत सुरु गरेका छन् ।

गएराति स्थिर समय सुरु हुनुअघि एक भिडियोमार्फत् उनले व्रत बस्ने बताएका हुन् । आजदेखि सुरु भएको उनको व्रत पर्सि ४ गतेसम्म रहनेछ ।

गुल्मी स्थायी घर भएका इञ्जिनियर ढकालले चुनावका लागि ४ महिनादेखि डडेल्धुरामा छन् ।