Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चितवनको मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा जडान

चितवनको मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा जडान

काठमाडौँ । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने ठाउँमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

यहाँ २०७४ सालको पालिका चुनावको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।