काठमाडौँ । चुनावको मुख्य दिन भोली देशका धेरैजसो ठाउँको मौसम सफा रहने अनुमान छ ।
मौसम पूर्वानूमान महाशाखाका अनुसार आज र भोलि नै मौसम सामान्यतया सफा नै रहनेछ ।
धेरै ठाउँमा घाम लाग्नेछ। उच्च हिमाली एकरदुई ठाउँ बाहेक देशभरको मौसम सफा नै रहने महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो ।
मतदानको दिन भोलि प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि पानी पर्ने तथा उच्च हिमपातको सम्भावना देखिएको छैन।