काठमाडौं । रुपन्देही क्षेत्र नम्बर १ को सर्वदलीय बैठक सकिएको छ।
बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृत स्याम श्रेष्ठले जानकारी दिए।
यस क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, नेकपा एमालेबाट छविलाल विश्वकर्मासहित प्रतिनिधि सभा सदस्यमा २१ जना उम्मेदवार रहेका छन्।
कूल १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेको यस क्षेत्रमा आइतबार भएको मतदानमा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।