Shares
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन् ।
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भइन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरे । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी डा. कार्की यो निर्वाचनमा सबैको बटम लाईनमा परिन् । उनि भर्खरै राजनितीमा प्रबेश गरेपनि पहिलो पटक नै निर्वाचमा निकै चर्चित भईन । कार्की पहिलो पटक सांसद बन्न सफल भएकी हुन् । मुलत उनी पेशाले डाक्टर हुन् । लामो समय देखि डाक्टरी पेशामा रहेकी कार्की नयाँ सोच र परिर्वतनको लागी राजनितीमा छिरेको बताउछिन् ।
उनि सुरुवाती चरणमा खासै चर्चामा थिईन तर, जब निर्वाचन आयोगले उनको उमेरदवारी खारेजीको निर्णय सुनायो त्यस पछि उनको चर्चा निकै चुलीयो । उनले निर्वाचनमा भाग लिन अदालतको ढोका सम्म पुग्नु पर्याे । कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गरेको थियो । तर, आफूले यो विषयमा आयोगलाई जानकारी दिए पनि आयोगले वास्ता नगरेको भन्दै उनले रिट दायर गरिनन् । अन्तत अदालतको फैसला उनको पक्षमा आयो । यसले पनि उनलाई जनता सामु चिन्ने मौका मिल्यो । एमालेको उम्मेदवार अमृत खड्का हाइ प्रोफाइल नभए पनि स्थानीयस्तरमा भिजेका नेता भन्ने सबैको मानसिकता थियो । माओवादीका सोही क्षेत्रका जिल्ला सहइन्चार्ज सरोज डंगोल, हालै ललितपुर उपमहानगरको उपमेयरमा गठबन्धनबाट हारेका बाबुराजा बज्राचार्य सहित माओवादीको ठूलै टीम एमाले प्रवेश गरेकाले पनि उनलाई केहि सहज हुने धरैको अनुमान थियो । स्थानीय हुनु,जनप्रतिनिधिको अनुभव लिइसक्नु,माओवादी पंक्ति लगातार ठूला नेतासहित एमालेमा समाहित भइरहनु र पम्फा भुसालप्रति स्थानीयका गुनासा तथा नेपाली कांग्रेस जम्मा एउटा प्रदेश सभा सीटमा खुम्चिनुका कारण उत्पन्न असन्तुष्टिका कारण ललितपुर ३ मा लो प्रोफाइल नेता अमृत खड्का हाइ प्रोफाइल बहालवाला मन्त्री पम्फा भुसालमाथि चुनावी अभियानका क्रममा हाबी भएका थिए ।
सुरुवाती चरणमा फम्फा माथि पौडेल भारी पर्ने आँकलन थियो । तर त्यो आँकलनलाई चिरर्दै डा. कार्कीले बाजी मारिन । ठूला दका नेताहरुले नै स्वतन्त्र पार्टीले केहि गर्ने सक्दैनन् भन्ने कन्फिडेन्ट मात्रै होईन ओभर कन्फिडेन्टले पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको हो । डा. कार्कीले यति धरै मत ल्याउने पम्फा र अमृत खड्काले आँकलन पनि सायदै गरेका थिएनन् होला । उनको मतलाई विश्लेषण गर्ने हो भने अब नेपाली जनताले परिर्वतन चाहेको प्रस्टै देखिएको छ । उनी संग कुनौ राजनितीक अनुभव पनि थिएन । तर, पनि देशमा परिर्वत गर्ने लक्ष्यले डाक्टरी पेशा छाडेर राजनितीमा आउनु उनका लागी पक्कै पनि सजिलो थिएन ।
देशको ठूलो मानिने र सरकारमै रहेका पार्टीलाई उछिनेर आफ्नो प्रभुत्व जमाउने सानो तिनो कुरा होईन । देश भर नै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको निकै चर्चा चलेको छ । पाँच महिनाअघिमात्रै स्थापना भएको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का लागेको छ । पुराना दलमा लामो समय काम गरेर अनुभव बटुलेका र राजनीतिमा स्थापित भइसकेका अनुहारहरू नै फराकिलो मतान्तरले हारेका छन् । अहिलेको प्रविधि र आधुनिक समाजको चरित्र बोकेका युवाहरूले सानो संगठन, कमजोर तयारी र पहिलो प्रयासमै चुनाव जितेका छन् । ।अब देशै भर घण्टी बजी सकेको छ । यो घण्टीको आवाजले राजनितीक दलहरु तर्सन थालेका छन् । देशभरकै आँकडा हेर्ने हो भने अबको अर्काे निर्वाचनमा यो पार्टी देशको प्रमुख पार्टी बनिने कुरामा दुईमत छैन ।
यस्तै राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । दशाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।उनी राजनितीमा नव प्रवेशी हुन् ।
केहि समय अगाडिमात्रै उनि राप्रपामा गएका थिए । उनलाई राजनितीकर्मी भन्दा भनी धेरैले समाजशेवीको रुपमा चिन्छन् । देशमा दबिएर रहेका आवजहरुलाई उनले सधै उठाउने र सरकारलाई खबरदारी गर्ने काम गर्थे । उनको हरेक आवाजको मुल्याङकन नभएपछि अन्तत उनी अब संसद भित्रै छिरेका छन् । जहाँ उनले हरेक जनताका समस्या उठाउने छन् । उनलाइृ जुम्लाबासीले धरै विश्वासका साथ संसदमा पठाएका छन् ताकी उनि आवाज विहीनहरुको आवाज बन्न सकुन । देशलाई अब यस्तै युवा नेर्तत्वको आवश्यकता छ ।
औसत रुपमा हेर्ने हो भने यस पटको निर्वाचन पछि देशले नयाँ मुहार पलेर्नेमा जनता आशाबादी देखीएका छन् । ज्ञानेन्द्र शाही, रवि लामिछाने,तोसिमा कार्की लगाएतका युवा नेतृत्व अब संसद छिरी सकेका छन् । ठूला राजनितीक दलको रबैया माथि प्रश्न उठाउन अब आउने युवा नेतृत्वले महत्वपूर्ण भुमिका प्रदान गर्नेमा नेपाली जनता विश्वस्त छ । यो विश्वास र जनताको मतको कदर गर्दै युवा नेतृत्व अगाडि बढोस् सबैलाई हाम्रो शुभकामना ।
https://www.facebook.com/laligurashmedianetwork/videos/956762461969487
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209