Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसका नेता रामचन्द्र पौडेलद्वारा भावी सरकारको नेतृत्वका लागि छलफल सुरु

कांग्रेसका नेता रामचन्द्र पौडेलद्वारा भावी सरकारको नेतृत्वका लागि छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् ।

पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् ।

पौडेल निकट एक नेताका अनुसार उनलाई सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएका थिए । पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए ।

महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । नेता पौडेल र निधिबीच भएको संवादमा छलफल जारी राख्ने सहमति बनेको छ ।

पौडेल तनहुँ १ बाट निर्वाचित भई काठमाडौं आएसँगै भावी सरकारको नेतृत्वका लागि भेटघाट र छलफल अघि बढाएका छन् । नयाँ सरकारको नेतृत्वको चाहना पार्टीभित्र सभापति देउवा, महामन्त्री थापा, नेताहरु पौडेल, डा शेखर कोइराला, विमलेन्द्र निधि, डा शशांक कोइरालालगायत आकांक्षी छन् ।