Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ ।

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको प्रहरीको भनाइ छ ।