Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कैलालीका एक वडाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

कैलालीका एक वडाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।

हिजो राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए ।

वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिए पनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले जनाए ।