काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्ता गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको छ।
निर्वाचन परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले परिणाम सोचेजस्तो नआए पनि गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो।
प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले चुनावको अन्तिम नतिजा आउन बाँकी रहेकाले विस्तृत समीक्षा पछि गरिने बताए। नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ।