Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा बृद्धि,कतिमा हुदै छ कारोवार ?

सुनको मूल्यमा बृद्धि,कतिमा हुदै छ कारोवार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ।

आज प्रतितोला ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार छ सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार नौ सय थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला पाँचले बढेर एक हजार दुई सय ९० पुगेको महासंघले जनाएको छ।