काठमाडौँ । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ ।
यस्तै,चाँदीको पनि आज भाउ बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।