Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको अर्थमन्त्रीको भनाइ

मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको अर्थमन्त्रीको भनाइ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको बताए। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।