Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा बृद्धि,कति पुग्यो तोलाको ?

सुनको मूल्यमा बृद्धि,कति पुग्यो तोलाको ?

काठमाडौँ । सुन चाँदीको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजो पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ ।

हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।