Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर चिसो लगातार बढ्दै

देशभर चिसो लगातार बढ्दै

काठमाडौँ । काठमाडौँ सहित देशभर लगातार चिसो बढिरहेको छ ।

दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । काठमाडौँको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको छ ।

न्यूनतम तापक्रम घट्नु र हुस्सु कुहिरो लाग्नुले बिहान चिसो हुने गरेको छ । यस्तै, बेलुका भने चिसो हावा चल्ने गरेको छ । अहिले पनि काठमाडौँ सहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ ।

उहाँका अनुसार आज प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक ब‍दली हुने सम्भावना छ ।