Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माया लुहारको हत्यामा संलग्न सशस्त्र प्रहरी जवान कोली पक्राउ

माया लुहारको हत्यामा संलग्न सशस्त्र प्रहरी जवान कोली पक्राउ

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् ।

कोली आज आइतवार महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो ।

बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो ।

यही मङ्सिर १३ गते बैतडीमा मायाको घाँटी रेटेर हत्या गरिएको थियो ।