Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ : देउवा

नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन् ।

आज नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्रीलाई बालुवाटारमा मेलम्ची खानेपानीको बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि देउवाले यस्तो बताएका हुन् ।

उनले मेलम्ची खानेपानी काठमाडौँका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाण्डौमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए ।

उनले पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उनको सपना पूरा भएकोप्रति खुसी व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताएका छन् ।

उनले मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिवसहितका विज्ञ टोली राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।