Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट चाहिँदैन भनेर फैसला गर्छन् :गगन थापा

पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट चाहिँदैन भनेर फैसला गर्छन् :गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभाले पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट चाहिँदैन भनेर फैसला गर्ने बताएका छन् ।

हिजो विराटनगरमा गुरु घिमिरेले लेखेको पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचनाको लागि यो पाँच वर्षे कार्यकाल महत्वपूर्ण हुने बताएका हुन् ।

महामन्त्री थापाले गुरु घिमिरे आफ्नो राजनीतिक आदर्श भएको बताए ।