Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुपन्देहीको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा

रुपन्देहीको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा

काठमाडौँ । रुपन्देहीको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा हिजो मुद्दा दायर गरेका हुन् । उनी यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग पराजित भएका थिए ।

रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरेको भन्दै गणेशले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गर्दै मुद्दा दायर गरेका सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गएको ४ गते भएको चुनावमा धाँधली गरी विष्णु पौडेललाई जिताइएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको आरोप छ ।