Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजनीतिक हिसाबले विभाजित भए पनि नीति बनाउने बेला एक हुनु पर्छ : गगन थापा

राजनीतिक हिसाबले विभाजित भए पनि नीति बनाउने बेला एक हुनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताएका छन्।

आज प्रेस लैंगिक नीति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा रहेका दलहरू नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।

उनले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरूले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए।

उनले सुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरूले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए। उनले नेपालमा शुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरू अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानुनको संशोधन र निर्माण हुन नसकेको बताए।