काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले आगामी सरकारमा सहभागी हुने नहुने बारेमा अहिले नै केही नसोचेको जनाएको छ।
अध्यक्ष चित्रबहादुर केसीले आगामी सरकारमा सहभागी हुनेबारे पार्टीमा कुनै छलफल नभएको जानकारी दिए । अन्य दलहरूले सरकार बनाउने रस्साकस्सीमा लागिरहेको बेला जनमोर्चा भने त्यसबारे कुनै तयारीमा लागेको छैन ।
अध्यक्ष केसी यसपटक बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
प्यूठानमा उपाध्यक्ष दुर्गा पौडेल पराजित भएसँगै यसपटक पनि जनमोर्चा प्रतिनिधिसभामा एक सिटमा सीमित भएको छ ।