Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने

काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको छ ।

आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा हुनेछ ।

औपचारिक समारोहलाई प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थायी राजधानीबाट प्रदेश सरकारको कार्य सञ्चालन सुरु भएको खुसियालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकीसमेत प्रदर्शन गरिनेछ । राप्ती गाउँपालिकाले राजधानी स्थानान्तरणको स्वागत गर्न भन्दै राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मूल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर तयारी गरेको थियो ।

२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो । स्थायी राजधानी तोकेको दुई वर्षपछि कार्यान्वयनमा आएको हो ।