Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दै

आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ ।

नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ ।

आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर नेकपा एमालेलाई त्रुटी सच्याउन थप मौका दिएकाले आज मात्रै नतिजा सार्वजनिक गर्ने तयारी भएपनि एमालेले प्रदेश १ र मधेश प्रदेश सभाका लागि समानुपातिकबाट निर्वाचित सदस्यहरुको सूची बुझाउँदा त्रुटी पाइएपछि आयोगले सच्याउन लगाएको थियो ।

एमालेले सूची सच्याएपछि आयोगले आज अन्तिम परिणाम सार्वजनिक गर्न लागेको हो । यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् । तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् ।