Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदै

काठमाडौँ महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ।

२०५२ साल मंसिर २९ गते काठमाण्डौ महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा काठमाण्डौ महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ ।

महानगरले दिवसका अवसरमा आज नियमित सेवा प्रवाह नगर्ने भएको छ । महानगरले आज सूचना निकालेर केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग,आयोजना,कार्यक्रम,वडा कार्यालयहरू र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो।