Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु

कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु

काठमाडौँ । कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा आज बिहान सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा उनकी आमा घाइते छिन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक २८ वर्षीय मोहन बोहरा सामान्य घाइते छन् ।