Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हिकारु फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

हिकारु फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । रौतहट जिल्लामा अवस्थिति श्री जनजागृति उच्च माविमा अध्यययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रम श्रवण १५ गते आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाई थिए । त्यस्तै कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उमा चौलागाईले गरिन् भने कार्यक्रममा शिक्षक शम्भु हुमागाईले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको सुरुवात दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै स्व. हिकारु गौतमको तस्बिरमा उपस्थिति सबैले माल्य अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको हिकारु गौतम फाउण्डेशनको तेस्रो स्मृति दिवसको अवसरमा आयोजना गरिएको थियो । कार्यक्रममा जनजागृति विद्यालयमा पढ्ने कक्षा १ का झण्डै ५७ छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा हिकारु गौतमकी आमा सरिता चौलागाईंले अमेरिकाबाट फोनमार्फत आफ्नो छोराको सम्झनामा आउने दिनहरुमा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साह गरिरहने बताइन् ।

झण्डै तीन वर्षअघि अमेरिकामा १९ वर्षको अल्पायू उमेरमै निधन भएका आफ्ना नाती स्व हिकारु गौतमको नाममा स्थापना गरिएको हिकारु फाउण्डेशनले विगतदेखि नातीको सम्झनामा विभिन्न ठाउँमा यस्ता गतिविधि गर्दै आएको प्रमुख अतिथि तथा हजुरबुवा कमलप्रसाद चौलागाईंले बताए । साथै, हिकारु फाउण्डेशनको स्मृति दिवसमा उल्लेख्य भूमिका निर्वाह गर्ने सुरक्षा, निकाय, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायत सम्पूर्णमा विशेष धन्यावाद दिए ।

त्यस्तै हिकारु गौतम उत्कृष्ट विद्यार्थी प्रोत्साहन छात्रावृति कोष खडा गर्न एघार हजार एक सय एघार रुपियाँ विद्यालयलाइ दिने विद्यालयले त्यस रकमलाइ मुद्दती खातामा हालेर बार्षिक आउने ब्याज वापत रकम प्रति वर्ष एकजनालाइ प्रोत्साहन छात्रवृतिको नाममा हस्तान्तरण गर्ने गरी यसको सफलता हेरेर हिकारू फाउन्डेसनले यस छात्रावृति कोषमा थप रकम उपलव्ध गराउँदै लैजाने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा कौशिला चौलागाई, अम्बिका चौलागाई, ज्ञानु चौलागाई, प्रधानाध्यापक शत्रुघ्न शाह, महेन्द्र चौलागाई, विपिन गौतम, वेद गौतम , चन्द्र गौतम, पुष्पराज,प्रकाश चौलागाई, दिलानाथ, शिक्षक विद्यार्थी, तथा अभिभावकलगायतको उपथिति रहेको थियो ।