Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वैदेशिक रोजगार बोर्डले विदेशमा यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने

वैदेशिक रोजगार बोर्डले विदेशमा यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा दैनिकजसो नेपाली श्रमिकका शव ल्याइने गरेको छ । जीविका सुधार्ने सपना लिएर विदेश उडेका युवामध्ये कोही बाकसमा सिंगै त कोहीको अस्तुका रुपमा मात्र फर्किनुपरिरहेको छ । कतिपय श्रमिकका परिवारले विदेशमै दाह संस्कारका लागि अनुमति दिंदा अस्तु मात्रै ल्याउने गरिएको हो । यस्ता ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा१० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।

यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको ज्यान गएमा मृतकका परिवारलाई सात लाख रुपैयाँ दिँदै आएको थियो । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । यस्तै बोर्डले मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाएको छ । बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वर्षको आठ हजार रुपैयाँ दिँदै आएकोमा अब १२ हजार पाँच सय रुपैयाँ दिने भएको हो । यस्तै ९ कक्षादेखि १२ कक्षासम्म वर्षको १२ हजार रुपैयाँ प्रदान गरिँदै आएकोमा अब १५ हजार पाँच सय रुपैयाँ दिने निर्णय भएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाँदा ज्यान गुमाउने नेपालीको संख्या झन् बढ्दै गएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार एक दिनमा ४ जाना अर्गात बर्षेनी १५ सय भन्दा बढी नेपालीले बिदेशमा ज्यान गुमाउने गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक रोजगारीमा गएका झण्डै १५ सय नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका छन् ।

मृत्यु हुनेमा ४६ जना महिला छन् भने एक हजार ४३३ जना पुरुष छन् । मृत्यु हुनेको संख्या आर्थिक वर्ष २०७७÷७८ मा एक हजार २४२ जना थियो । २०७६÷७७ मा औसतमा दैनिक ३ जना श्रमिकको विदेशमा मृत्यु हुने गरेकोमा यो वर्ष बढेर औसत ४ जनामा पुगेको तथ्यांकमा देखिन्छ । बोर्डका अनुसार एक वर्षमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत ८३ करोड ६० लाख रुपैयाँ दिइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष १ हजारको हाराहारीमा मात्रै श्रमिकको मृत्यु भएको दाबी गर्छन् । पुरानो दाबी सेमत आएकाले संख्या १५ सयको हाराहारीमा पुगेको उनको भनाइ छ ।।