Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भाईलाई रक्षाबन्धन बाध्न हिडेकी जेसिका कहिल्यै नफर्कने गरि अस्ताईन

भाईलाई रक्षाबन्धन बाध्न हिडेकी जेसिका कहिल्यै नफर्कने गरि अस्ताईन

काठमाडौँ । भाईलाई रक्षा बन्दन बाध्ने सपना अधुरै भयो झापाकी जेसिका सिग्देलको। अहिले उनको टिकटकमा भाईको दिर्घायुको कामना गरेर बनाईएको भिडियो छ जुन उनको जीवनकै अन्तिम भिडियो बन्न पुग्यो कति अभागी रहेछन जेसिकाको भाई जसले दिदीको रक्षाबन्दन समेत बाध्न पाएनन।

जेसिकाको भिडियोमा भनिएको छ प्रथाना गर्छु संसारको सबै खुसि तिम्रो भागमा परोस,दुख होला बाधा अर्चन आउला अनि कठिनाइहरु मेरै भागमा सरोस, रक्षा बन्दनको डोरी त् चुडिएर जाला तर तिम्रो र मेरो सम्बन्ध बोलियो बनाउनु पर्छ,झगडा त् भैहाल्छ नि मन मुटाव पनि हुदै जान्छ । हो यस्तै शब्दले भरिएको भिडियो उनको अन्तिम भिडियो थियो जोसिका सिग्देल नामक टिकटक अकाउन्टमा। घटना हिजोको बेलुका छ बजे तिरको हो,बिराटनगरबाट १२ कक्षाको सर्टिफिगेट लिएर झापा घर फर्कदै गर्ने क्रममा झापाको माइखोलाको पुलमा बाइक दुर्घटनामा परि जेसिकाले सधैको लागि संसार छाडिन।

आफ्नै सानोबाबा संग सर्टिफिगेट लिएर फर्कने क्रममा उनि चढेको मोटरसाइकलले गुडिरहेको साइकलयात्रीलाइ साइड दिन खोज्दा ब्रेक लगाउने क्रममा बाइकबाट खसेर जेसिका सिग्देल गम्भिर घाइते भईन चालक उनको सानो बाबालाई भने सामान्य चोटमात्रै लाग्यो उनको उपचार गर्न सानो बाबाले हतारिदै बिर्तासिटि अस्पताल सम्म पुर्याए तर दुर्भाग्य डाक्टरले जेसिकालाई मृत् घोषित गरिदियो। परिवार यतिबेला विक्षिप्त अबस्थामा छ।

पढाइमा पनि निकै अब्बल रहेकी जेसिका जापान जानको लागि भाषा पड्दै आएकी थिइन्। भद्रपुरमा सानोबाबा संगै बसेर पढिरहेकी जेसिकाले सधै आफुले आफ्नो परिवारको खुसीको लागि भए पनि र परिवारलाई अझै सुखी बनाउनको लागि भए पनि जापान जाने भन्दै आएकी थिइन। जेसिकाको बाबा पनि अशक्त छन। प्रेसरले हानेर केहि बर्ष अगाडीदेखि उनि प्यारलाइसेस भएर थला परेका छन।

जेसिकाको छिमेकी दाई निङ्मा सेर्पाका अनुसार परिवारको सबै जिम्मेवारी आफुमाथीनै भएको भन्दै उनि जापान जाने सोच बनाएको र आफुलाई समेत जापान जाने बेलामा थोरै सपोर्ट गर्न अनुरोध गरेको बताएका छन। शेर्पाका अनुसार जेसिकाले आफु छोराको झैँ जिम्मेवारी बहन गर्दै आएको र सबै जिम्मेवारीले थिचिरहेकै बेलामा यो अबस्था आउदा झन् परिवारको अबस्था गम्भीर भएको बताएका छन्।

सामान्य मध्यम वर्गमा हुर्केकी जेसिकाको बाबाले आफ्नै फर्निचर चलाउदै आएका थिए,परिवारमा सबैथोक पुग्दथ्यो। बाबाको फर्निचर उधोक निकै फस्टाएको थियो एक्कासी बाबालाई यति ठुलो बज्रपात आइपर्यो ताकि उनि अहिले थला परेर बसेका छन। छोरी पढाएर हुर्काइसकेका जेसिकाका बाबा अहिले कुन हालतमा होलान त्यो कसैले कल्पना समेत गर्न सेकका छैनन्। जेसिकाले मोटरसाइकल चढेकै बेलामा टिकटकमा बनाएको अन्तिम भिडियो हेर्ने हो भने साच्चै मान्छेको मृत्यु अगाडी केहि न केहि सुचना उनलाई प्राप्त भएकै हुन्छ कि भन्ने पर्न जान सक्छ जुन गीतमा उनले टिकटक बनाएकी छिन र त्यहा लेखिएको क्याप्सनमा पनि उनले आफु निकै हैरानी महसुस गरेको जनाएकी छिन। बुज्नेले बुजी जान्छ, देख्नेले देखि जान्छ,भेट्नेले भेटि जान्छनु यही शब्दमा उनले टिकटक बनाएकी छिन।

आफु बाइकमा पछाडी बसेको भिडियोमा देखिन्छ भने अगाडी मोटर गाडीहरु गुडिरहेको देखिन्छ। जेसिकालाइ के थाह जीवनको अन्तिम भिडियो यही बन्छ भनेर। उनको यात्रा पनि यही अन्तिम भयो। उनको सब अहिले परिवारले जिम्मा लिएर भद्रपुर अस्पतालमै अहिले पोस्टमार्टम गरिरहेको जेसिकाको आफन्तले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन। शरीरमा पनि हल्का मात्रै चोट देखिएको छ। मोटरसाइकलबाट खस्ने बितिकै अचेत अबस्थामा पुगेकी जेसिकालाइ बचाउने प्रयास अनबरत भएको थियो।