Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धरहराको भूमिगत पार्किङ निःशुल्क

धरहराको भूमिगत पार्किङ निःशुल्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैं-तिहारको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला भएको छ। दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ नि:शुल्क रूपमा खोलिएको महानगरपालिकाले जनाएको छ।

आइतबार (असोज २१ गते) देखि पार्किङ खुला गरिएको हो। ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। त्यहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ।

यस्तै, धरहराको उत्तर- पूर्व ढोकाबाट पार्किङ स्थल जान सकिने छ।