Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बच्चा बेच्ने डाक्टरविरुद्ध मुद्दा / अन्य पाच जना संलग्न

बच्चा बेच्ने डाक्टरविरुद्ध मुद्दा / अन्य पाच जना संलग्न

काठमाडौँ । अस्पताल बाट नवजात शिशु गायव बनाईन्छ या बेचिन्छ भन्ने खबर हामीले बेलाबखतमा सुनिरहेका हुन्थ्यौ । मुख्यतया यस्तो केस अविवाहित युवतीले जन्माएको बच्चाको मामिलामा हुने रैछ । किनभने प्रेमी अर्थात अघोषित श्रीमानलाई यस्तो झमेला बाट पन्छिनु छ अनि चिकित्सकलाई पैसा कमाउनु छ । यस्तै प्रेमी र अस्पतालका चिकित्सकको मिलेमतोमा एक अविवावित युवतीले जन्माएको शिशु जन्मनसाथ आस्पतालबाट नै गायव बनाएको कुरा केहि समय अघि बाहिरिएको थियो । ति प्रेमीले बच्चालाई थप उपचार गर्नुपर्ने हुदा अस्पतालमै राख्नुपर्ने भन्दै आफ्नी प्रेमिकालाई होटलमा लगेर राखेर आफु फरार भएका थिए । र आफुलाई केहि समयमै आउछु भन्ने वाचा गरेर निस्किएका प्रेमी २/४ दिनसम्मै नआएपछी बच्चा गायव पारिएको आशंकामा उनले प्रहरीकोमा उजुरी गरेकी थिइन् । अन्तत: हुनपनि उनका प्रेमीले अस्पतालका चिकित्सकको संलग्नतामा बाच्चा बेचेकै कुरा प्रमाणित भएको छ र उनिहरुविरुद्द मुद्दा पनि दायर भएको छ ।

अविवाहित युवतीले जन्माएको शिशुलाई बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध तीन वटा मुद्दा दायर भएको छ । तर घटनाका मुख्य मतियार मानेका अस्पताल सञ्चालकले भने उन्मुक्ति पाएका छन् । विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) बिक्री गरिएको घटनामा विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ वर्षीया सुधा भनिने सुक्रि राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशी विरुद्ध मुद्दा दायर भएको हो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार गरेर ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरी संगठित अपराधमा मुद्दा दायर गर्न राय दिएको थियो । जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा प्रतिवादीहरुको बयान मंगलबारबाट सुरु हुने छ । उनीहरुको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ । अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो । अविवाहित युवतीले गत असार १४ गते जन्माएको शिशु (छोरी)लाई जन्मनासाथ अस्पतालबाटै गायब पारिएको थियो । प्रहरीको अनुसन्धानबाट डा. तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो ।

बच्चा बिक्री प्रकरणमा अस्पतालका अध्यक्ष कृष्ण खवास प्रमुख मतियार थिए । उनले दुई लाख रूपैयाँ लिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनलाई प्रमुख मतियार बनाएर मुद्दा चलाउन राय दिएको थियो । तर उनलाई भने सरकारी वकिलको कार्यालयले मुद्दा नै नचलाउने निर्णय गरेको छ । मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा (अविवाहित युवती)लाई थाहै नदिइकन उनका प्रेमी अर्थात बच्चाका बाबु (गोविन्द), चिकित्सक (डा. तपेश्वर) र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको थियो । डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) थिए । उनको विराटनगर–९ मा दिपेश मेडिकल हल पनि छ ।

तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी सुधा भनिने सुक्रीमार्फत दिलमनीदेवीको परिवारलाई बच्चा उपलब्ध गराएका थिए । सुक्री दिलमनीदेवीको आफन्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले शिशुका बाबु गोविन्द र डा. तपेश्वरलाई भदौ १ गते र अन्यलाई भदौ ५ गते पक्राउ गरेको थियो ।