Shares
Shares
काठमाडौँ । गत असोज ३ गते सविधान दिवसका दिन रास्ट्रपतिद्वारा आममाफी मिलेर कारागारमुक्त भएका नेपालगन्जका गुण्डा नाईके रिगल भनिने योगराज ढकाल को यतिबेला सर्वत्र विरोध भैरहेको छ । उनलाई आममाफी मिलेपछि उनको मात्र हैन अहिलेका वर्तमान रास्ट्रपति रामचन्द्र पौडेलको पनि निकै आलोचना भइरहेको छ । यता रास्ट्रपतिले त मन्त्रिपरिसदले नै सबै कुरा मापन /मुल्यांकन गरेर सिफारिस गरेर ल्याएको कुरालाई आफुले मान्यता मात्रै दिएको बताएका छन् । यस आममाफि प्रकरणमा रास्ट्रपतिले आफ्नै स्वामित्वमा एकल निर्णय गरेको नभएर आफुले त औपचारिकता मात्र दिएको प्रस्ट्याएका थिए ।
रास्ट्रपतिपछी चर्को विरोध सहन नसकेर गुण्डानाइके रिगलले मुख खोलेका छन् । सविधान दिवसको दिन उनि एक मात्र कैदी रिहा भएका भने हैनन् । तर विरोध चै उनको मात्र भइरहेको छ । कारण हो उनले दिनदाहादै नेपाल्गंजका युवा चेतन मानन्धरको खुडा प्रहार गरेर हत्या गरेका थिए । अनि उनि कारागार मुक्त भएको बिषय सायदै यति धेरै बिरोधको बिषय बन्थें पनि होला यदि टिकटकमा लावा -लस्कर /अबिर माला सहित उनको स्कटिंग गरिएको भिडियो हालिएको हुन्थेंन भने । तर उनि रिहा भएको दिन कुनै उत्सव र्याली भन्दा कम थिएन कारागार परिसर । एक हत्यारा जसले दिउसै एक व्यक्तिको हत्या गरेको प्रमाणित भएर जन्कैद सजाय भोगिरहेको अवस्थामा उनलाई आममाफी मिल्यो । एउटा परिवारले छोरा गुमायो /श्रीमतीको सिउदो उजाडियो / उनका नाबालक छोरा टुहुरा बने /यो पिडा त एकातिर छदै नै छ । तर पनि हत्याराले सजाय पायो भनेर पिडित परिवारले मन बुझाईरहेको थियो । तर जब एकासी उनले आममाफि पाए त्यसपछि चेतन मानन्धरकि श्रीमती न्याय माग्दै काठमाडौँ आएकि छिन् । उनि बिगत ६/७ दिनदेखि माइतीघरमा अनसनरत छिन् । आफ्नो श्रीमान्ले न्याय नपाएसम्म आफुले हार नमान्ने उनले भनिरहेकी छिन् । भारतीको समर्थनमा सारा देश उर्लिएको पनि छ । तर उनलाई समर्थन गर्दै माइतीघर पुग्ने उनका लागि आवाज बोल्नहरुलाई प्रहरीले भ्यानमा हालेर लैजादै गरेको दृश्य हामीले देखिरहेका छौ ।
यता गुण्डा नाइके रिगल आफ्नो चर्को विरोध हुन थालेपछि बोल्न थालेका छन् । उनि यो आममाफिको बिषयमा उनि के भन्छन् भने मैले चेतन मानन्धरको हत्या गरेको हैन । हत्यारा त जेलमै छ । उहाको हात काटिएको थियो उपचारको लागि अस्पताल लगिनुपर्नेमा एअरपोर्ट लगिएर राखिएछ यसकारण उच्च रक्तश्राव अर्थात ओभर बिलिडिंग भएको कारण उहाको मृत्यु भएको भनेर दाबि गरिरहेका छन् । उता भारति शेर्पा अर्थात मृतक चेतन मान्नधरकि श्रीमतीले दोश्रो विवाह गरिसकेको हुदा विधुवाको भेष बदलेर पुर्वपतिको लागि न्याय माग्नु उचीत नभएको जिकिर गरिरहेका छन् । उनि थप्छन् हो मैले उनि सदुवाको भेसमा नै आको भएपनि मान्थे तर म छुटेपछि दोश्रो विवाह गरिसकेकी एक महिला फेरी विधुवाको भेषमा आएको गलत भएको उनको जिकिर छ ।
उनिआफुमाथि मिडियाले गलत शब्द प्रयोग गरेको तथा एकतर्फी कुरा मात्रै राखेको बताउछन् । मैले त आममाफि पाएको हैन ८ बर्ष २ महिना जेलजीवन बिताएर कैदकट्टा भएर आको हो । अनि अर्को चरम विरोधको कुरा उनको अविर जात्राको बिषयमा उनि मैले बोलाएको हैन मलाई मन पराउने मेरा समर्थक साथि भाई दाजुहरु मलाई लिन आउनुभयो अबिर खादा लगाईदिनुभयो यसमा मेरो के दोष भन्छन् । उनले चेतन मानाधरको हत्या गरेको कुरा त् स्वीकार नै गरेनन् / उनि आफ्नो के बढावा कसरी गर्छन् भने आफु कसैको छत्रछायामा कसैको दयामा छुटेको हैन भन्ने उनको भनाई छ । मेरो पनि परिवार छ श्रीमती छिन् एक छोरा छ । म सुध्रीसके अब त्यस्तो हत्या हिँसामा सलग्न हुन्न भन्छन् उनि । मैले हिजोपनि अपराध गरेको छैन र भोलि पनि गर्दिन ।मेरो छोरालाई म विदेश गएको छु भनेर झुट बोलिएको थियो । तर अहिले म रिहा भएपछी सबैले हत्यारा भनेर गालि नराम्रा कमेन्ट गर्दा मेरो छोरा ले मेरो बुवा हत्यारा हैन विदेश गएर आउनुभएको हो भनेर डिफेन्स गरिरहेछ भन्छन् । उनि त यतिसम्म बोल्छ्न् कि उनको स्वागत अविरमालाको भिडियो टिकटकबाट नै भाइराल बन्यो । निकै विरोध भयो यसकारण यो टिकटकले नराम्रो कुरा फैलाएको भन्दै टिकटक नै ब्याण्ड गर्नुपर्छ भन्छन् उनि । भारती शेर्पाले आफुसंग जेलमै आएर ५० लाख रकम मागेको पनि दाबि गरिरहेका छन् ।अनि आफुले ५० लाख दिन नसकेपछि अहिले भारतीले अरुको उक्साहट र अरुबाट परिचालित भएर आफुमाथि आक्रमण गरेको भनिरहेका छन् ।
हत्यारा रिगलले अहिले आफ्नो बचाउमा जे जस्तो भनिरहेपनि आफु मारिने डरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका व्यक्ति हुन भन्ने प्रस्ट छ । उनि हत्यारा हुन्थेनन् भने ८ बर्ष उसै जेल जीवन विताउथेनन् पनि होला र आर्थिक पहुच र ठुला नेता मन्त्रि संगको साठगाठ हुन्थेंन भने यतिकै हत्यारालाई आममाफि पाउन यति सहजपनि हुन्थेन होला । यसकारण चेतन मानन्धरकि श्रीमतीले न्याय पाउनुपर्छ भन्ने माग यतिबेला सिंगो नेपालिहरुको रहेको छ ।
यता भारती शेर्पा उनको अन्तर्वार्तापछी त्यो व्यक्तिले जसरि मेरो श्रीमान्को हात काट्यो /मेरो श्रीमान्लाई जति पिडा भयो त्यसरी नै त्यसले आफ्नो हात आफै काटोस् अनि मेरो श्रीमानको त्यो बेलाको पिडा त्यसलाई महसुस होस् अनि म माफि दिन्छु
भनिरहेकी छिन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209