Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दूध दिने गाई , भैंसी पाल्नेलाई गाउँपालिकाले मासिक १० हजार दिने

दूध दिने गाई , भैंसी पाल्नेलाई गाउँपालिकाले मासिक १० हजार दिने

काठमाडौँ । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ५ वटा भन्दा बढी दूध दिने भैंसी, गाई पाल्ने कृषकलाई मासिक १० हजार उपलब्ध गराउने भएको छ ।पालिका भित्र दूधमा आत्मनिर्भर बनाउने र व्यवसायिक रुपमा पशुपालक कृषक बढाउने उदेश्यले गाउँपालिकाले यस्तो नीति गाउँपालिकाका पशु स्वास्थ्य प्राबिधिक तुल्सी बहादुर थापाले बताएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षबाट सुरु गरेको कार्यक्रमबाट ६ वटा पशुपालक फर्महरुले मासिक १० हजारका दरले रकम पाएको गाउँपालिकाका स्रोत बताउछ । यस आर्थिक वर्षमा पनि ४ वटा फर्महरुले ५ वटा भन्दा बढि दूध दिने भैंसी र गाई पालेर मासिक १० हजार रकम दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्र व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्नका लागि पशु हेरालु वापत रकम दिँदै आएको बुझिएको छ । पालिकाले दूधमा आत्मनिर्भर बनाउने उदेश्यले पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्ने नीति बनाएको हो । अलिक ४/५ बर्ष अघिसम्म पनि गाउमा हरेक घरमा एक भैसी अथवा गाई पालेकै भेटिन्थ्यो । तर अहिले तपाई गाउघरमा जानुभयो भने १० वटा घरमा सर्वेक्षन गर्दा १ घरमा बल्ल बल्ल भैसी पालेको भेट्नुहुन्छ । किनकि अब छोराछोरी हरु पढाइको लागि शहर बस्ने अझ भनौ अहिले त गाउमा युवा युवतीको जमात नै देखिदैन किनकि १२ पास गर्नेबितिकै को उनीहरु लक्ष्य भनेको बिदेशिनु हुन्छ । यसकारण सबै युवा वर्ग विदेशिने क्रम जारि छ । अनि गाउघरमा काम गर्ने बस्ने भनेको वृद्द बाबुआमा मात्रै हुन् । यसकारण एक त वृद्द बा आमा काम गर्न नसक्ने भएका कारण /अर्को आफ्ना सन्तानले पनि बरु हामि दुध किन्दिन्छौ,घ्यु किनिदिन्छौ  तर भैसी पालेर दुख नगर्नुस भनेर आफ्ना बा -आमालाई बुढेसकालमा दुख नाबेशाउन सम्झाईरहेका हुन्छन् । यसकारण अहिले गाउमा वस्तीमा  गाइभैसी पाल्ने गोठ पनि रितीदै छ।

भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले भैँसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबालीमा समेत कमी आउन थालेको छ। भैँसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरु नै पेसा अपनाउन थालेका छन्। किसानले कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैँसीको घिउ बेचेर घर खर्च चलाउने गर्दथे। पछिल्लो समय भैँसीपालन छाडेर किसान अन्य पेसातर्फ आबद्ध भएका देखिन्छन्। अब गाउमा न भैसी पाल्ने छन् /न खेत बारी उर्बर बनाउन मल चाइने हुदा भैसी पाल्नुपर्छ भन्ने छन् / न आर्गानिक /पौस्ट्क दहि /दुध हाम्रो स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर सोच्ने छन् । अब सबै बजारी सामानमा बानि परे । दुख गर्ने बानि हराईसक्यो र विदेशिने जमातले गर्दा स्वदेशमा त हरेक पेसा ,व्यवसायमा खडेरी लागेको छ भन्दा फरक नपर्ला यसकारण भैसी पाल्ने किसान अब खोजेरै हिड्नुपर्छ नत्र भेट्न हम्य -हम्य  नै छ ।

भैँसीपालन व्यवसायलाई प्रवर्द्धन गर्न स्थानीय सरकारबाट कुनै पहल नहुँदा व्यवसाय सङ्कटमा परेको स्थानीयको गुनासो छ। भैँसी नै लोप हुने अवस्थामा पुगेपछि अहिले केहि जिलाका स्थानीय तहले किसानका लागि आर्थिक सहयोग कार्यक्रम /अनुदान जस्ता सञ्चालनमा ल्याईरहेका छन् ।