Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

इजरायल बाट फर्किएका विद्यार्थीहरुमध्य ह्वील चियरमा आएका धनबहादुर चौधरी ....भन्छन् धन्न बाचे

इजरायल बाट फर्किएका विद्यार्थीहरुमध्य ह्वील चियरमा आएका धनबहादुर चौधरी ....भन्छन् धन्न बाचे

काठमाडौँ । यो तस्विरलाई नियाल्नुस त.....

यिनी हुन् इजरायल र हमास द्वन्दमा फसेका नेपालि विद्यार्थी मध्यका एक विद्यार्थी धनबहादुर चौधरी । इजरायलमा र हमास द्वन्दको आक्रमणमा परेका नेपालि विद्यार्थी हुन् उनि । सुदुरपस्चिमका अन्य १० नेपालि विधार्थीले त् । तर उनि भने बाच्न सफल भे भनौ । घाईते त भए तर उनि मृत्युको मुखबाट उम्कन सफल भए र आज बिहान नेपाल ईपुगेका छन् । नेपालि विद्यार्थीको उदारको लागि परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुगेर विद्यार्थीको उदार गरेर स्वदेश फर्किएका छन् ।

हिजो राति ९ बजे आईपुग्ने भनिएको विमान आज बिहानको राति मात्रै ईपुगेको थियो । विमानस्थलमा ति विद्यार्थीका आफन्त,घर परिवारको भिड थियो । किनकि मृत्युको मुखबाट बच्न सफल भएर आफ्ना सन्तान स्वदेश फर्कदै थिए । त्यहि भिडमा घाइते अवस्थामा व्हील चेयरको साहयातामा आएका धनाबहारमाथि सबैको ध्यान खिचियो । आज स्वदेश फर्किएका २५४ विद्यार्थी माध्य २५३ जना सकुशल थिए /उनि एक विद्यार्थी मात्र घाइते अवस्थामा देखिए / हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् ।

आक्रमणमा परेर घाइते भएका उनको इजरायलमै उपचार भएको थियो । ह्वील चियरमा राखेर ल्याइएका धनबहादुरले विमानस्थलमा ओर्लिएपछी मसिनो स्वरमा भने, ‘धन्न बाँचे ।’खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि चार्टर विमानमार्फत फर्किएका हुन् । वास्तवमै उनले दोश्रो जीवन पाए । आक्रमणमा परि घाइते भएका उनलाई डर थियो इजरायलमै मर्नुपर्छ्की भन्ने /तर अन्तत नेपाल सरकारको पहलमा उनि आफ्नो जन्मभूमि फर्किन सफल भए । सायद अब उनि जीवनभर परदेश जाने बिषयमा सोच्दैनन् होला ।

आज बिहान २५४ जना विद्यार्थीको सकुशल उदार गरेपछि पुन बाकि अलपत्र परेका विद्यार्थीको उदार गर्न जाने तयारि भैरहेको छ । नेपालको राजनीति अनि जनप्रतिनिधिको भ्रस्ट स्वभाव देखि आजित भएका नेपालि जनताहरु यतिबेला भने नेपाल सरकारको पहल प्रति आशावादी भएका छन् । उनीहरु साच्चै राज्य रहेछ भन्ने भान भएको बताइरहेका छन् । वास्तवमै राज्यले यो निकै विसंम परिस्थितिमा नेपालि विद्यार्थीको लागि गरेको यो पहल प्रसंसनिय छ ।

घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा उनी घाइते धनबहादुरसहित २५४ जना आएका छन् ।

नेपाल फर्किएका विद्यार्थीहरुले भन्छन् आफ्ना साथीहरु गुमाउँदा निकै पीडा भएको छ’ ‘हामी बाँच्यौँ त्यो एक ठाउँमा छ, त्यसमा खुसी छौँ । तर, सँगसँगै पीडा पनि रह्यो ।सरकारले उद्धार गरेकोमा धन्यवाद ।’ पररास्ट्रमात्री साउदले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत थप नेपालीहरूलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाएक छन् । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।