Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

तीनकुने सामुहिक हत्याकाण्डका अभियुक्त गोलघरमा

तीनकुने सामुहिक हत्याकाण्डका अभियुक्त गोलघरमा

काठमाडौं । तीनकुने सामुहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा पठाइएका सञ्जय भण्डारीले गोलघरमा राखिएको छ । सुरक्षा चुनौती भएकाले उनलाई सिधै गोलघरमा लगिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।

शुक्रबार मात्र जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीनबन्धु बरालको एकल इजलासले भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत २९ भदौंमा तीनकुनेस्थित फर्निचर गोदाममा चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबीसे–९ का भण्डारी विरुद्ध मुद्दा दायर गरेको थियो ।घटनामा संलग्नता देखिने पर्याप्त आधार भएको भन्दै भण्डारीलाई थुनामा पठाउन आदेश गरेको, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनले विशाल राईसँग आफ्नो रिसिइबी रहेकाले उनलाई खुकुरी प्रहार गरेको स्विकारेका थिए । त्यसक्रममा अरूले देखेका भुजेल परिवारका ३ जनालाई पनि आक्रमण गरेको उनको बयान छ । उनले थप ९ ठाउँ मान्छे मारेको बयान दिएका छन्, जसमध्ये कतिपय केसमा प्रहरीले अनुसन्धान पनि गरिरहेको छ ।