Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

चितुवाको छाला र ६ किलो चरेशसहित प्रहरी हवल्दार पक्राउ

चितुवाको छाला र ६ किलो चरेशसहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ । नेपाल प्रहरी भन्ने बितिकै हामि हाम्रो सुरक्षा सम्झिन्छौ । चोरि, डकैति ,हत्या हिँसा जस्ता हरेक अपराधिक गतिविधि गर्ने मान्छेलाई नियन्त्रणमा लिने र आम सर्वसाधारणलाई सुरक्षाको अनुभूति गराउने स्रोत हो नेपाल प्रहरी । तर अब अपराध नियन्त्रण गर्ने व्यक्तिहरु नै अपराधिक गतिविधिमा सलग्न भएपछी के होला सोच्नुस त ? देशका जनप्रतिनिधिहरु भ्रष्ट भए /ठुला नेता मन्त्रीहरुकै भ्रस्टचार काण्ड बाहिरिन थाल्यो । अनि अब नेपाल प्रहरी यसरि अवैध धन्दामा सलग्न भेटिएपछी जनताले अब कसको विश्वास मान्ने ? सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द लगायत अन्य २ जना चितुवाको छाला र ६ किलो चरेशसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । बुधबार साँझ ७ बजे धनगढीको सहिदगेट नजिकैको जुमेरा होटलमा जाँच गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको साथबाट सात फिट ६ इन्च लम्बाइ र एक फिट १० इन्च चौडाइ भएको बाघको छाला एक थान र ६ किलो ७४० ग्राम चरेस बरामद गरिएको छ।

चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् । आरोपितहरुले चरेश प्रतिकेजी ५० हजार र चितुवाको छाला प्रतिफट ५० हजारको दरले बेच्नका लागी ‘डिल’ गरेका थिए । किनबेच भइरहेको सूचना पाएपछि होटलमा छापा मारेर पक्राउ गरिएको डिएसपी चन्दले जानकारी दिए । वडा प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर जनकराज ढुंगना नेतृत्वको टिमले सो अपरेशनको कमाण्ड गरेका हुन् । लागूऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पोशाकको टोलीले संयुक्त रूपमा अप्रेशन गरेको हो ।

सो क्रममा मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार चन्द पनि होटलको कोठामा उनीहरू सँगै भेटिएका थिए । तीन‌ै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय कानुनको पालना गराउने प्रहरी नै अपराधमा संलग्न हुन थालेका छन् । राज्य कोषबाट लाखौं रुपैयाँ खर्च गरेर सर्वसाधारणको सुरक्षार्थ खटाइएका अधिकृत आफैं अपराधमा संलग्न हुने क्रम बढ्दो छ । लागूऔषध कारोबार, वन्यजन्तु तथा सुन तस्करी, अपहरण र फिरौती असूली, चोरीडकैतीसहित अन्य सामाजिक, आर्थिक र संगठित अपराधमा प्रहरीको दादागिरी. अपराध बढ्दो छ ।बर्दीको आडमा अपराध गरेका प्रहरी निलम्बनमा परेको खबर पनि आइरहेको हुन्छ ।

किन गर्छन् प्रहरीले अपराध ?

अपराधिलाई कानुनको दायरामा ल्याउने नेपाल प्रहरीका कर्मचारी नै अपराधमा किन लागिरहन्छन ? सबैलाई चासोको विषय बनेको छ । प्रहरी संगठनभित्र केही प्रहरी कर्मचारीहरु व्यक्तिगत लोभलालच, महत्वकांक्षाका कारण आपराधिक क्रियाकलापमा लाग्ने गरेका हुन्छन् । प्रहरी संगठनभित्र विकृति बढ्नुको मुख्य कारण प्रहरी कर्मचारी लामो समयदेखि एकै ठाउँमा कार्यरत रहनु पनि एक रहेको सुरक्षा विज्ञहरु बताउँछन् । प्रहरीहरु नै घुस लिदा लिदै पक्रिएको ,अथवा अपराधीलाई साथ् सहायता दिएको आरोपमा निलम्बनमा परेका /पक्राउ परेका समाचार हामीले बेला बखतमा सुनिरहेका हुन्छौ । अब यसरि प्रहरी नै अपराधि , र अपराधमासलग्न हुनाथालेपछी समाजमा अपराध कतिको मौलाउला आफै बिचार गर्नुस त ?