Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सामाजिक अभियान्ता तारा बराल विवाह गर्दै / यी हुन् हुनेवाला श्रीमान्

सामाजिक अभियान्ता तारा बराल विवाह गर्दै / यी हुन् हुनेवाला श्रीमान्

काठमाडौँ । नेपाल प्रहरीका पूर्व एआइजीपी तथा समाजसेवी रण बहादुर चन्द र सामाजिक अभियन्ता तारा बरालबीच विवाह गर्ने सहमति भएको छ । बिहिवार साँझ चन्द र बरालले संयुक्त रुपमा लिखित सहमति गरी केहिदिन पछि कानुनी प्रक्रियाबाट विवाह गर्ने सहमति गरेका हुन् । उनीहरु दुबैले गरेको सहमतिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट भएको अर्नगल प्रचार गरी व्यक्तिगत, सामाजिक, पारिवारीक तथा राजनैतिक छविमा आँच पुर्याउने कार्य भएको भन्दै छिट्टै आवश्यक कागजपत्रसहित कानुनी विवाह गर्ने उल्लेख छ । वि.स. २०४१ सालमा शारदा चन्दसँग विवाह गरेका चन्दले २०६२ चैत्र २५ गते सडक दुर्घटनामा श्रीमतीको मृत्यु भएपछि एकल पुरुषको जीवन व्यतित गर्दै आएको सहमतिमा उल्लेख छ । त्यस्तै वि.स. २०५६ वैशाख ३ गते गणेश गौतमसँग विवाह गरेकी अभियन्ता बरालसमेत कार दुर्घटनामा श्रीमान्कोे मृत्युपश्चात एकल महिलाको जीवन व्यतित गर्दै आइरहेको सहमतिमा उल्लेख छ । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।

केहिदिन अघि उनीहरूको सम्बन्धको बारेमा टिप्पणी गर्दै उनीहरूलाई पछ्याउँदै जाँदा एक युट्युबरले कुटाइसमेत खाएका थिए । त्यसपछि उनीहरू कानुनी रुपमै बिबाह बन्धनमा बाँधिने निर्णय गरेका छन् । आफुलाई सामाजिक अभियान्ताको रुपमा चिनाउने तारा बराल हामीले सुनिरहेकी नाम हो । देशको जल्दोबल्दो बिषयवस्तु र समाजका घटनाहरु प्रति उनि अवाज उठाउदै आइरहेकि हुन्छिन् । उनले कुटाई पनि खाईरहेकै हुन्छिन्, पक्राउ पनि परिरहेकै हुन्छिन् तथापी उनि आवाज उठाउन भने पछी हट्दिनन् । उनि विवाद र चर्चा दुबैमा मुछिरहेकी हुन्छिन् । सन्दिप लामिछानेको बलात्कार मुदा /न्यायधिस चोलेन्द्र जबराको मुद्दा /वैदेशिक रोजगरिका मुद्दा /लागायत अन्य विविधमा उनि निकै आवाज उठाईरहेकी हुन्छिन् । अरुको पिडामा बोल्छिन् न्याय दिलाउन आफु प्रहरीको खोरमा जान पनि तयार छिन् । तर उनि आफैको जिवनकहानी निकै पीडादायी छ । तपाई किन यसरि हरेक बिषयमा बोल्नुहुन्छ ,सडकमा उत्रिनुहुन्छ ,अनि तपाईलाई के फाईदा हुन्छ र यस्तो गर्दा भन्ने बिषयमा उनि पिडा नभोगेको व्यक्तिले अन्य पिडितको भाव बुझ्न सक्दैन । म अन्यायमा परेर धेरै ठुलो दुख बज्रपात सहेर आएको मान्छे हु यसकारण म अरु मा जस्तै र मा भन्दा पिडित व्यक्तिको घाउमा मलम लगाउन सदैभ लागिरहन्छु भन्छिन् । साथै पिडा महसुस नगरेको मान्छे सडकमा उत्रिदैन उ घरमै रमाउछ र अरुको दुख ,पिडा सुन्ने हेर्ने बुझ्ने चासो र जमर्को गर्दैन भनेर ठोकुवा समेत गर्दछिन् । तारा बरालको जन्म ताप्लेजुंग जिल्ल्लामा भएको हो ।

उनि ताप्लेजुंग जिल्ल्लामा जन्मिएकी हुन् / पढाइको कुरा गर्दा उनले भक्तपुर क्यामपस बाट ब्याचलर गरेकी छिन् भने चितवनको बिरेन्द्र क्याम्पस बाट स्नातक पुरा गरेकी हुन् । साथै उनले १ एयर बिएड र फार्मेसी पनि अध्यन गरेकी छिन् ।

२०५६सालमाउनको मागी विवाह भयो । विवाहको केहि बर्षपछी उनका श्रीमानको किड्नीमा समस्या देखियो । अन्तिममा उपचार गर्दा गर्दा सबै सम्पती सकिएर सडकमा पुग्ने स्तिथी आएपछी खर्च नहुदा तारा बरालका श्रीमान् ले आत्महत्या गरेका थिए । उनका १ छोरा १ छोरी छन् । तर छोराछोरीको बिषयमा भने उनले कहिले नखुलाउने बताउछिन् । उनीहरु कहा बस्छन् , के गर्दैछन् यो बिषयमा आफ्ना सन्तानको सुरक्षाको निम्ति यो कुरा गुपचुप नै राख्न इच्छुक भएको बताउछिन् । उनि सधै सडकमै देखिन्छीन्। आय स्रोत के छ कसरि घर खर्च चलाउनुहुन्छ भन्ने सन्दर्भमा भने जसोतसो बाचेकै छू ,कति खान्छु के खान्छू ,त्यो मेरो भित्रि अवस्था हो म अरुको अघि हात फिजाउन चाहन्नँ , जसोतसो आजसम्म व्यवहार छालाको छु भन्छिन् । तर ऋण चै २०/२१ लाख छ भन्छिन् । पढाइमा निकै अब्ब्बल रहेकी उनलाई पीएचडी गर्ने ठुलो रहर रहेछ । तर आर्थिक अभावले पढ्न सकिन भन्छिन् । उनि म आफ्नै देशमा मर्छु तर विदेश जान्न भन्ने अडान लिने गर्छिन् ।