काठमाडौँ । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाको हवाई भाडा निःशुल्क गर्ने निर्णय गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत घाइते र कुरुवाको भाडा नलिने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । उनका अुनसार नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामग्री ढुवानी निःशुल्क गर्ने निर्णय समेत निगमले गरेको छ । जहाजको क्षमता, ठाउँ उपलब्धताका आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्यूल उडानमा निःशुल्क ढुवानी गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए । शुक्रबार राति पश्चिम नेपालमा गएको भूकम्पपछि निगमले शनिबार बिहान काठमाडौंबाट तत्काल उद्धार उडान गरेको थियो । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ । सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ । निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई नेपालगञ्ज र काठमाडौंसम्म उद्धार गरेको थियो । यतिबेला देश शोकमा डुबिरहेको छ । देशको पश्चिम भूभागमा गत शुक्रबारदेखि लगातार भूकम्पको धक्का महशुस भैरहेको छ । यहि सन्धर्भमा बिभिन्न राजनीतिक दल , संघ संस्था ,व्यक्तिगत रुपमा जनप्रतिनिधिहरुले सहयोग गरिरहेका छन् ।साथै पर्यटन क्षेत्रका अगुवा संस्थाहरुले भूकम्पपीडितको सहयोगका लागि राहत कोष स्थापना गरेका छन् । होटल सङ्घ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टरलगायत संस्थाले कोष स्थापना गरेका हुन् ।
पाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई फलफूललगायत अन्य आवश्यक सहयोग गरेको छ। नेविसंघ केन्द्रीय कार्यसमितिले उक्त अस्पतालमा २४ घन्टे रक्तदान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। सो कार्यक्रमका संयोजकसमेत रहेका उज्ज्वल बज्राचार्यका अनुसार घाइते र कुरुवाका लागि कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराइएको हो। नेविसंघका अध्यक्ष दुजाङ शेर्पासमेतको उपस्थितिमा सहयोग सामग्री उपलब्ध गराइएको थियो। कार्यक्रमका संयोजक बज्राचार्यका अनुसार आइतबार ५ बजेसम्म ६२ जनाले रक्तदान गरेका छन्।
भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिएका छन् । भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो। शुक्रबार रातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ। सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन/तीन तथा सल्यान र रोल्पामा एक÷एक गरी दुई सय ५७ घाइते भएका छन्।