Shares
Shares
काठमाडौँ । मदिराको लत भएका र त्यससँग सम्बन्धित बिमारीसँग जुधिरहेका व्यक्तिका लागि आशा जगाउने खालको एउटा समाचार छ । शोधकर्ताहरुका अनुसार यदि नियमित रुपमा मदिरापानको लत भएका कुनैपनि व्यक्तिले यदि ७ महिनाभन्दा धेरै समयसम्म रक्सी पिउन छाडेमा उसको मस्तिष्कमा क्षतिग्रस्त भएका कोशिकाहरु पुनः स्थापित हुन थाल्दछन् । धेरै मदिरापान गर्ने मानिस अल्कोहल युज डिसअर्डर नामक स्वास्थ्य समस्यासँग जुध्नु पर्दछ । धेरै रक्सी पिउनाले मस्तिष्कको कर्टेक्सको बाहिरी हिस्साको पत्र पातलो भएर जान्छ र मुजा पर्न थाल्दछ । यसका कारण मानिसमा कुनैपनि निर्णय लिने क्षमतामा ह्रास आउँछ । अमेरिकामा भएको एक अध्ययन अनुसार यदि कुनै मानिसले लगातार ७.३ महिनासम्म रक्सी पिउन छाड्ने हो भने उसको मस्तिष्कको कर्टेक्सको बाहिरी पत्र ठीक भएर पूर्ववत् अवस्थामा आउन थाल्दछ । यसको लाभ पहिलो महिनादेखि नै देखिन थाल्दछ ।
स्टेनफोर्ड विश्वविद्यालयका मानव आनीबानी सम्बन्धी विज्ञ टिमोथी दुराज्जोका अनुसार रक्सी पिउन छाडेपछि पहिलो महिनामा विस्तारै मस्तिष्कको कर्टेक्सको मोटाई बढ्न थाल्दछ । त्यसको ६ महिनासम्ममा कर्टेक्स विस्तारै पूूर्ण रुपमा सुध्रिएर सामान्य अवस्थामा फर्किन्छ । अमेरिकामा करीब १ करोड ६० लाख मानिसहरु अल्कोहल युज डिसअर्डरसँग जुधिरहेका छन् । अमेरिकामा एयुडी प्रमुख स्वास्थ्य मुद्दा बनिसकेको छ । मानिसहरुले यसको उपचार कसरी हुन्छ ? यसबाट कसरी बँच्ने र यसको पीडालाई कसरी कम गर्ने भन्ने कुरा बुझ्नु आवश्यक छ । रक्सी पिउँदा मानिसको दिमागको ढाँचा नै बदलिने रहेछ । मदिरापानका कारण मस्तिष्कको ढाँचामा परिवर्तन आउँछ । रक्सीको लत लागेका मानिसले रक्सी पिउने आदत छाड्न निकै कठीन हुन्छ । मदिराको लतका कारण यसलाई छाड्न चाहँदा पनि सकिँदैन । मस्तिष्कको प्रि फ्रन्टल कर्टेक्स नामक हिस्साको प्रयोगबाट नै मानिसले योजना बनाउने तथा निर्णय लिने काम गर्दछ । तर एयुडीबाट पीडित मानिसहरुमा भने दिमागको यो भागले राम्रोसँग काम गर्न सक्दैन । जसका कारण उक्त मानिसले सही निर्णय लिनमा समस्या सिर्जना हुन्छ । यस विषयको सोध हालै अल्कोहल जर्नलमा प्रकाशित छ ।
टिमोथी दुराज्जो र उनको टिमले ८८ जना अल्कोहल युज डिसअर्डर भएका मानिसहरुमा अध्ययन गरेका थिए । ती मानिसहरुले रक्सी छाड्न चाहन्थे उनीहरुलाई रक्सीको लत छाड्नका लागि सहयोग पनि गरियो । त्यसक्रममा उनीहरुको मस्तिष्कको लगातार स्क्यानिंग गरिएको थियो, रक्सी छाडेको पहिलो हप्ता, पहिलो महिना तथा ७.३ महिनामा । त्यसक्रममा २३ जनामा पहिलो हप्तावाला मस्तिष्क स्क्यान गराइएको थिएन । उनीहरु एक महिने स्क्यानमा सामेल थिए । तर ८८ जनामा केवल ४० जना मानिस यस्ता थिए जसले मात्रै ७.३ महिनासम्म रक्सी छाड्न सके । अर्थात् पूरै अध्ययन अवधिभर उनीहरुले रक्सी पिएनन् । यसका अलावा टिमोथीको टिमले ४५ जना ती व्यक्तिहरुको पनि अध्ययन गरे जो कहिल्यैपनि एयुडीको सिकार भएनन् । तर ९ महिनापछि उनीहरुको मस्तिष्कको स्क्यानिंग गरेर कर्टेक्सको मोटाई जाँच गरियो। कर्टेक्सको ३४ वटा हिस्साको मोटाईको जाँच गर्ने क्रममा एयुडीसँग जुधिरहेका मानिसको मस्तिष्कमा उल्लेखित ३४ मध्ये २४ हिस्साको मोटाई कम रहेको पाइयो । त्यस्तै एयुडीको समस्या नभएका मानिसमा भने कर्टेक्स पातलिने त्यस्तो समस्या कम पाइयो । अल्कोहल युज डिसअर्डरका लागि कहिलेकाहीँ उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलले पनि भूमिका खेलेको हुन्छ ।
रक्सी जाँड लाई पकाएर त्यसको वाफबाट बनाइने मादक पदार्थ हो। विश्वमा रक्सीका सयौं प्रकारहरू छन्। नेपालीमा भने साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई रक्सी भनिन्छ। सामन्यतया रक्सी कोदो वा चामल जस्ता अन्नहरूबाट बनाइन्छ । रक्सी कार्बन, हाईडोजन, र अक्सिजन मिस्रित रासायनिक यौगिक हो । कार्बोहाइड्रेट यूक्त खाद्दयपदार्थ कुहिएपछि प्राकृतिक रूपमा अल्कोहोल, अर्थात मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । अन्न तथा फलफुललाई कुहाएर त्यसमा मर्चा (यीस्ट नामक ब्याक्टेरिया) हालेर जाँड बनाउने गरिन्छ । यस्ता पदार्थमा चीनी तत्व पाइन्छ । सोहि तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्छ । हामीले खाएको खाना आमाशयले पचाउन समय लगाउँछ तर रक्सी निकै छिटो सोस्ने गर्दछ । रक्सीसेवन गर्ने बित्तिकै करिब २० प्रतिशत अल्कोहल तुरुन्तै सानो आन्द्रामा पुगी सोसीएर रगतमा मिसिन्छ । तत्पश्चात शरिरको सबै कोषकोषिकाहरु प्रवाह हुन्छ । जसलाई हामी ‘रक्सी लाग्नु’ भनेर बुझ्छौं । रक्सी लागिसकेपछी सेवनकर्ताले समाज, संस्कृति, नीति, मान्यता एवं दिमागी सन्तुलन गुमाउँछ । तत्पश्चात सेवनकर्ता आपराधिक गतिविधि जस्तै: गालीगलौज, होहल्ला, कुटपाट, लडाईझगडा, चोरीडकैतीको अवस्थामा पुग्दछ । जसका कारण सेवन कर्ता दुर्घटित हुन् पुग्दछ या दुर्घटना निम्ताउन पुग्दछ ।
विज्ञान भन्छ, “रक्सी मानिसको दिमागलाई डिप्रेस बनाउने तथा लत लगाउने एक प्रकारको लागूऔषध हो ।” रक्सी सेवनकर्ताको केन्द्रिय स्नायु प्रणालीको गति कम गराई मस्तिष्कका विभिन्न कोषहरु बीचको पारस्परिक सम्बन्ध निर्माणमा तगारो बनेर उभिदिन्छ । जसका कारण व्यक्तिको कुनै पनि कुराको ग्रहण क्षमता, श्रव्य क्षमता, दृश्य, भावना, आवेग, शारीरिक गतिशिलतामा क्षयीकरण भइ मानिस अव्यवस्थित, अव्यावहारिक र अस्वाभाविक बन्ने गर्दछ । अत्याधिक रक्सीसेवनका कारण पारिवारिक, सामाजिक र आर्थिक हैसियत निर्माणमा सेवनकर्ता पछाडि पर्ने गर्दछ । साथै सामाजीक तवरले उच्छृङ्खल, अराजक, अनैतिक, असभ्य एवं गैर जिम्मेवार बन्न पुग्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209