Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विवाह गरेको ४ बर्षमा श्रीमान् गुमाएकी आम्बिकालाई आफ्नै छोरीले कन्यादान गरेर अनामाएपछी

विवाह गरेको ४ बर्षमा श्रीमान् गुमाएकी आम्बिकालाई आफ्नै छोरीले कन्यादान गरेर अनामाएपछी

काठमाडौँ । हाम्रो समाजमा हामीले बिभिन्न घटना, परिघटनाहरु देखिरहेका हुन्छौ /सुनिरहेका हुन्छौ । समजामा हुने यस्ता कुराहरु कतिपय नकारात्मक पनि हुन्छन् भने कतिपय निकै उदाहरणीय र प्रसंसनिय पनि हुन्छन् । यस्तै हामि आज नेपाली समाजका निमित्त निकै उदाहरणीय ,साहसिक र तारिफयोग्य कुरा सुनाउन गैरहेका छौ । आफुले जन्मदिएकी छोरीले आफ्नी आमालाई कन्यादान गरेर बिदाई गरेकि छिन् । उनि हुन् अम्बिका पोख्रेल कार्की । उनको १६ बर्षको नाबालिग उमेरमा विवाह भएको थियो तर विवाह भएको ४ बर्ष नपुग्दै उनले श्रीमान्को शोक बेहोर्नु पर्यो /अर्थात उनि बिधुवा भईन् । त्यसबखत सम्म उनले एक सन्तानलाई जन्म दिसकेकी रहिछन् । कलिलै उमेरमा विवाह र श्रीमान् शोक बेहोरेकी उनले निकै संघर्ष र चुनौतीले आफ्ना सन्तान हुर्काइन् । तपाई हामि नै सोचौ न हाम्रो जस्तो समाजमा २० बर्ष नपुग्दै बिधुवा भएकी एक एकल महिलालाई आफ्नो सन्ता हुर्काएर २५ औ बर्ष एकल जीवन बिताउन कति गारो भएको होला । हो उनले निकै संघर्षपूर्ण जीवनलाई अब भने पुर्णबिराम लगाएकी छिन् । आफ्नी छोरीको विवाह गरिदिएर आमाबाबूको दुवै जिम्मेवारी पुरा गरेपछी उनले ४५ बर्षको उमेरमा दोश्रो विवाह गरेकी छिन् । आफैंले कन्यादान गरेको छोरीज्वाइँले अन्माईदिएका छन् अम्बिकालाई । हामीले श्रीमान् विदेश गएको समयमा आफ्ना लालाबाला सन्तानको बिचल्ली पारेर अर्को परपुरुष संग जाने निर्दयी आमा पनि यहि समाजमा देखेका छौ । र यहि समाजमा अम्बिका जस्ता आफ्नो सबै काम कर्तव्य पुरा गरेर आफ्नै सन्तानको अनुमति र सल्लाहमा बुढेसकालको साहारा खोज्ने अम्बिका जस्ता आमा पनि देखियो । वास्तावमै सल्युट गर्नुपर्छ यी आमालाई जो आफ्नो जिम्मेवारी बाट नभागी आज आफ्नै सन्तान को निर्णयमा दोस्रो विवाह गरिन् ।

दोस्रो विवाह गरेपछी उनले सामाजिक संजालमा लेखेको स्ट्याटस यस्तो छ ।

आजबाट यो जिन्दगी नयाँ बाटोमा हिड्यो। मैले दोस्रो बिवाहा गरेँ। जिन्दगी सोचेजस्तो नहुने रहेछ ।१६ बर्सको उमेरमा मैले पहिलो बिवाह गरेकी थिएँ। २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ। नेपाल प्रहरीमा कार्यारत ओम जिलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ बर्ष गुजारेँ । यो दौरानमा आर्थिक ,सामाजिक ,राजनितिक उतारचढावहरू मेरो जीवनमा आए । व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडी छन् । सन्तानको लागि मैले जानी नजानी ,सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ। त्यसपछि म विल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवस्यकता खड्किन थाल्यो । मनले साथीको आवस्यकता महसुस गरेकै बेला परिवारिक थ्रो बाट ज्ञवाली जिको कुरा मसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ । मेरो पहिलो घर ,माइती ,मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ । अब हामी चार वटी छोरीको माता पिता भएका छौं ।हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोलीपनि कर्तव्यवोध गर्नेनैछु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे( ओमजि र कृष्णा दिदी) को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो। समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्ने हो । (हजुरहरू सबैलाई यो मेरो निर्णय चित्त नबुझ्न सक्छ कृपया केही लेख्नु अघि आफ्नो श्रीमती , आमा ,दिदीबहिनी ,भाउजू ,बुहारीलाई मेरो ठाउँमा राखेर दुई सेकेन्ड सोचेर मात्र लेखिदिनू होला हवस् त धन्यवाद ।)

अम्बिका पोखरेल कार्कीका पति ओम प्रहरीमा थिए। देशमा द्वन्द्वको भुंग्रो बढ्दै गएपछि र नागरिक र प्रहरीहरू त्यसको लप्कामा खाक बन्दै गएपछि ज्यान जोगाउन उनले घरपायक काज रोजेका थिए। २०५६ वैशाख १९ गते दिन ढल्कने तरखरमा थियो। चर्न गएका गाईभैंसी गोठ फर्कंदै थिए। देहातका कच्ची बाटोमा तिनका खुरले उडाएको धुलोले घुर्मैलो समयलाई गोधूलिको संकेत गरेको थियो। अचानक घर नजिकैको मकैबारीमा गोलीका पर्रा सुनिए। अप्रत्यासित रूपमा कानमा बज्रन आएको गोलीको आवाजले अम्बिकाको मुटु खंग्रङ्ग भयो। तर घटनाको निधो नपाइसकेकाले मनको चिसो धेरै बेर रहेन। उनी आफ्नै धन्दामा फर्किइन्। भोलिपल्ट बिहान — अम्बिकलाई चितवन माइती आउनु थियो। पर्सिपल्ट भाइको ब्रतवन्ध भएकाले आमाले बिहान भाले नबास्दै आउन भनेकी थिइन्। माइती जाने चटारोमा रहेकी अम्बिक नुहाइधुवाइ गर्न भुइँतलामा ओर्लंदै थिइन्। घरअगाडिको मूलबाटामा प्रहरीको भ्यान आएर एक्कासि टक्क रोकियो। अम्बिकाको मुटुको चाल रोकिएलाझैं भयो। हिजो साँझ गोलीको फोहोरा चलेको छ, आज बिहानै प्रहरीको गाडी आउँछ! हे भगवान्, अप्रिय कुरा सुन्न नपरोस् है! उनले मनमनै ईश्वर पुकारिन्। सम्झिएजत्ति भगवानको नाम लिइन्। उनले गाडीको सबैतिर आँखा पुर्‍याएर श्रीमानलाई खोजिन्। अहँ देखिनन्। शरीरमा भयका काँडा उम्रन थाले। खुट्टा लगलग काम्न थाले। ‘साँझपख गोलीको आवाज कान छेडेर गएको छ। बिहानै प्रहरीको भ्यान आँखा अगाडि आउँछ। गाडीभित्र, बाहिर सबैतिर आँखा तन्काइतन्काइ हेर्छु श्रीमान् कतै देख्दिनँ, भर्खर किशोर वय पार गरेको उमेरले के सोच्छ होला? म अहिले कल्पना पनि गर्न सक्दिनँ,’ अम्बिकाले ती दिन सम्झँदै भनिन्।

दिमागमा हिजो साँझ चलेको गोलीको आवाज फनफनी नाच्न थालेपछि एक्कासि रिँगटा चलेझैं भयो। मथिंगलमा कालो पर्दा लाग्यो। मूर्च्छा पर्दै उनी डङ्ग्रङ्ग भुइँमा ढलिन्। होस् खुल्न तीन दिन लाग्यो। होस खुल्दा उनको श्रीमानको निधन भएको चौथो दिन लागिसकेको थियो। त्यस क्षणको उनको शंका सही थियो। त्यस दिन साँझ मकैबारीमा सुनेका गोलीको आवाजसँगै उनको श्रीमान् सधैंका लागि अस्ताएका थिए। घर नजिकै, तर अर्को बाटोबाट उनको श्रीमानसहितको गस्ती टोली अगाडि बढ्दै थियो। अचानक मकैबारीमा लुकेर बसेका माओवादी छापामारहरूको समूहले प्रहरीको गस्ती टोलीमाथि गोली बर्सायो। संयोगले अरू प्रहरी छलिए। उनका श्रीमान् ओममाथि थ्री नट थ्री राइफलका चार गोली लागे। घटनास्थलमै उनको निधन भयो। त्यही खबर सुनाउन प्रहरीका अधिकारीहरू उनको घर आएका थिए। परन्तु ती कुरा कानमा पर्नुअगावै अम्बिका मूर्छित भइन्।

‘शव पोष्टमर्टम गरीवरी प्रहरी चौकीमा राखिएको थियो। मलाई बेहोसी अवस्थामै प्रहरी चौकी लगिएको रहेछ! त्यहीँ शव बुझ्ने काम भएछ। परिवारले घरमा ल्याएर दाहसंस्कार गरेको तीन दिनपछि मात्रै होस खुल्यो,’ अम्बिकाले घटनाको बेलीविस्तार लगाइन्। किशोर वयको झुल्के घाममै अम्बिकाले ओमसँग प्रेम गरेकी थिइन्। चितवनको माडी माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दापढ्दै उनीसँग मनमा माया टुसायो। साथीसंगीको लहलहैमा कति बेला झांगियो उनले पत्तै पाइनन्।ओमको माडीनजिकै पोष्टिङ भएकाले विद्यालय आउजाउ गर्दाकै बखत प्रेम अंकुराएको थियो। उनको त्यो सम्बन्ध विवाहमा परिणत भयो। २०५१ सालमा उनले एसएलसी परीक्षा दिइन्। त्यही साल उनको विवाह भयो।विवाहपछि उनी सर्लाहीको राजघाट नै गएर जीवन डोर्‍याउन थालेकी थिइन्। १९ वर्ष नछिचोल्दै छोरी अर्पणा जन्मिइहालिन्। उनलाई बाटो देखाउने र कर्तव्य पथमा अब्बल तुल्याउने जिम्मेवारी ओम र अम्बिकाको काँधमा थपिएको थियो। जीवन गुजाराको माध्यम खोज्दै ओम प्रहरी सेवामा पुगेका थिए। पारिवारिक कर्तव्यको रथ धकेल्ने एक मात्र सहारा थियो त्यो। अमुक दल र तिनको विचार र चिन्तनधारासँग विमति राख्ने होइनन् उनी। न उनी विद्रोहीको परिभाषाभित्रका वर्गशत्रु नै थिए। परिवारको गर्जो टार्न नुनको सोझो गर्दा विद्रोहीले राज्यतिर ताकेको बन्दुक उनको छातीमा लाग्यो। अर्पणा टुहोरो भइन्। अम्बिका विधवा भइन्। ओमका मातापिता पुत्र वियोगको पीडाले मर्माहत् बन्नुपर्‍यो।

विद्रोहीको बन्दुकले ओमको जीवनको दौडधुप टुंग्याउँदा अम्बिका भर्खर २० वर्ष टेकेकी हुँदिहुन्। यौवनको प्रथम पाइलामै जीवनले निछ्याम अन्धकार बेहोर्‍यो। नियतिले विधवाको सप्को टाउकामा हालिदिइसक्यो, तर उनीसँग त्यति बेला आफ्नै नामको ओत लाग्ने झुपडी थिएन। अंशको नाममा पैताला राख्ने जमिन पनि थिएन। जीवनको बोझ एक्लै कसरी उठाउने? तोते बोलीसम्म बोल्न नसक्ने छोरीलाई जिन्दगीको बाटोमा कसरी ताते गराउने? पीडाको दुर्लङ्घनीय गर्तमा पुगिन् अम्बिका! एकल महिलाका रूपमा समाजका गल्छेंडा हिँड्न सहज थिएन। देहातका डगर छिचोल्न सजिलो थिएन। चोक, चौरस्ता, पँधेराहरूमा सुन्नुपर्ने लाञ्छना र दुर्वचनले आँखा ओभानो रहन दिँदैनथे। तर अन्तत दुख पछी सुख आउछ भनेझै उनले आफ्नी छोरीको विवाह गरेपश्चात छोरीकी निर्णय बमोजिम दोस्रो विवाह गरिन्