Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालको झण्डा च्यात्न खोज्ने ११ जना नियन्त्रणमा

नेपालको झण्डा च्यात्न खोज्ने ११ जना नियन्त्रणमा

काठमाडौँ । जो कोहि होस् आफ्नो देश मननापारुने को हुन्छ होला र ? यहीकारण त हामि परदेश जाने बेलामा समेत आफ्नो देशको झण्डा ओडेर जाने गर्छौ । वाध्यता या रहर परिस्थिति जे होस् आफ्नो पहिचान हामि संगै बोक्न खोज्छौ / यहि कारण त हामि विमानस्थल मै गएर हेर्यौ भनेपनि त्यहा बाट परदेशिने लगभग सबैले देशको झण्डा पहिरिएका हुन्छन् । अरुले हाम्रो देशको खातिर केहि अपशब्द बोले भने हामि त्यो सहन सक्दैनौ तर आफ्नै देशको झण्डा च्यात्न खोज्ने त्यस्ता व्यक्तिहरू पनि हुन्छन् भन्ने तपाईले कहिले सोच्नुभएको थियो । हो नेपाल प्रहरीले राष्ट्रिय झण्डाच्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेकामा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेको प्रहरी निरीक्षक केसरीले जानकारी दिनुभयो । पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । नेपालको राष्ट्रिय झन्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झन्डा हो। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झन्डा (अर्को झन्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो)र एक नेपालको । नेपालको झन्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सूर्य छ, जसले आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ। निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।

नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झन्डाको चलन कहिलेदेखि सुरु भयो भन्ने बारेमा निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झन्डाजस्तो भनी चिनाउने गरेका थिएँ। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएको छ[७]। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय) ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन्। लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झन्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको मानिन्छ। त्यतिवेलाका भारतीय राजाहरूले आफ्ना झन्डाहरूमा उच्चताको प्रतीकका रूपमा गरुड वा हनुमानका चित्रहरू अङ्कित गराउँथे। त्यसैले उनीहरू हनुमद्-ध्वज वा गरुड-ध्वज भनेर चिनिन्थे। लिच्छविकालमै नेपालको राजसत्तामा आएका आभीरवंशी अधिनायकहरूले आफ्नो वंशलाई सोम-वंश वा चन्द्र-वंशको रूपमा चिनाउँथे। आभीर अधिनायक विष्णुगुप्तद्वारा वि.सं. ६९० (संवत् ५७) मा प्रसारित अभिलेखमा आफूलाई सोमान्वय-भूषणः अर्थात् चन्द्रमाको वंशका गहनाजस्ता भएर रहेको उल्लेख गरेका छन्। मल्ल राजाहरू पनि लिच्छविजस्तै आफ्नो राजवंशलाई सूर्य-वंश मान्ने हुनाले उनीहरूले पनि ध्वजमा सूर्यलाई नै अङ्कित गरे होलान्।

प्राचीन नेपालका राष्ट्रिय ध्वजाहरूको आकृति र रङबारे पनि निश्चित भन्न सकिँदैन, राजाहरू प्रायः देवीका उपासक हुने गरेकाले झन्डामा रातो रङ नै प्रयोग गरे होलान् भनेर अनुमान गर्न चाहिँ सकिन्छ। मल्लकालका भवन र मन्दिरका ढोकाहरूमा दुईतर्फ दुई पताका भएका धातुका केतु वा झ्ण्डा टाँगिएका पाइन्छन् जसले नेपालका प्राचीन झन्डाहरूको आकार सङ्केत गर्छन्। यस्ता झ्ण्डामध्ये केहीको माथिल्लो पताकामा राष्ट्रको प्रतीक सूर्य वा चन्द्रमा र तल्लो पताकामा सम्बद्ध देव वा देवीका प्रतीक-चिह्नहरू पाइन्छन्।

वर्तमान नेपालको राष्ट्रिय-झन्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन। गोर्खाली राजाहरू आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोर्खालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल-अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झ्ण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झ्ण्डा पनि रातो नै थियो होला। चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झ्ण्डामा त्यही मान्यता कायम भएको हो। पृथ्वीनारायण शाहका अनुयायीहरू यही झन्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिएँ। सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) मा हजारौ नेपालीले यहि झन्डा को शान बचाउनको लागि बलिदान गरेका थिएँ। पृथ्वीनारायणदेखि सुरेन्द्र विक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झन्डा नै फहराइन्थे। प्रधानमन्त्री जङ्गबहादुर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिएँ। उनका भाइ प्रधानमन्त्री रणोद्दीप सिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।

राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्य विक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वी वीर विक्रम शाहलाई सुरक्षाको बहानामा प्रधानमन्त्री रणोद्दीप सिंहले नारायणहिटी नजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्रधानमन्त्री वीर शमशेर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।

वि.सं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झन्डाको रूपमा स्वीकार गरिएको हो। विश्व-रङ्गमञ्चमा आज यही झन्डा विशिष्ट सानका साथ फहराइरहेको छ।