७वैशाख, काठमाडौं । जनकपुरधाममा बुधबार एक महिला र बालिकाको शव जलेको अवस्थामा फेला प¥यो । महिलाको शव पूर्णतया अवस्थामा जलिसकेको थियो भने जलेकी महिलाकै छेउमा करिब ९ महिनाकी बालिका पनि जलेको अवस्थामा छटपटाई रहेकी थिइन् । महिला र बालिका आमा–छोरी भएको पुष्टि भएको छ ।
ति बालिकाको उद्धार गरि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेकोमा केही समयपछि बालिकाको पनि मृत्यु भएको थियो । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर महादेव मन्दिर नजिकै रहेको खेतमा युवती जलिरहेको अवस्थामा युवती र बालिका मृत फेला परेकी हुन् । स्थानीयले खेतमा युवती जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो।
बुधवार राति करिब ९ बजे जलिरहेको अवस्थामा महोत्तरीको मनरासिस्वा नगरपालिका २ की २५ वर्षीया प्रियंका महतो र उनकी छोरा फेला परेकी थिइन् । र यतिबेला महिला र बालिकाको हत्या हो या आत्महत्या हो प्रहरीले अनुसन्धान गरिरहेको छ । माइत गाउँकै छिमेकी रामसागर महतोसँग प्रियंकाको अवैध सम्बन्ध रहेको कुरा खुलेको छ । प्रियंकाका आमाबुवाले पनि रामसागरले नै छोरीलाई बेपत्ता पारेको र जनकपुर लगेर मारेको आरोप लगाएका छन् । प्रियंकाले माइतकै केटासँग अबैध सम्बन्ध राखेको संकेत उनका श्रीमान अमितले पनि गरेका छन् । प्रियंकाले अवैध सम्बन्ध राखेको भनिएका रामसागर घटना भएको दिनदेखि फरार छन् । त्यसैले पनि उनी अनुसन्धानको घेरामा परेका छन् ।
ससुरा फेकन महतोका अनुसार वैशाख १ गते पाखुरा दुखेको भन्दै प्रियंका उपचार गराउन भन्दै माइत गएकी थिइन् । बुधबार दिउँसो १२ बजेतिर उपचारको लागि छोरीसँगै प्रियंका जनकपुरधाम आएकी थिइन् । प्रियंकाका श्रीमान सुमित गाउँमै मजदुरी गर्छन् । श्रीमान–श्रीमतीबीच ठूलो मनमुटाव भएको पनि नदेखिएको दुबै परिवारको भनाइ छ । ससुरा फेकनले बुहारीको हत्या भएको आशंका गरेका छन् । दाङको लमहीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । उता लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीका कारण मृत्यु भएको हो। विहीबार बेलुका ५ बजे स्थानीय वीरबहादुरको गोठबाट आगो सल्किएको थियो। इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानो युक्त गोठमा आगो सल्किएको खुलेको छ।
गोठमा सल्किएको आगोले वीरबहादुरको घरसम्म पुगेको थियो । आगो घरमा सल्किरहेको समयमा वीरबहादुर पैसाको बाकस निकाल्न घर भित्र छिरेका थिए। पैसा लिएर निस्केपछि अन्य सामग्री निकाल्न छिरेका थिए। सोही क्रममा उनी निसासिएर लडेको र जलेर मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।