Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

को हुन बुद्ध ?

को हुन बुद्ध ?

काठमाडौं । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । तर बुद्ध को हुन् ? एक पटक बुद्धलाई सोधियो, ‘तपाई भगवान हो कि मान्छे ?’’ बुद्धले भन्नुभयो– ‘म भगवान होइन, म सामान्य मान्छे पनि हैन् । मलाई त बुद्ध नै भनेर बुझ्नुपर्छ’’ बुद्ध आफुलाई’’ जागृत पुरुष, awakened one ’’ को रुपमा प्रस्तुत गर्नुभयो ।

अन्य धर्मले मान्छेलाइ मान्छेकै रुपमा र भगवानलाइ भगवानकै रुपमा राखेकोले मान्छे र भगवानवीचको दुरीलाइ जहिले पनि बढाएको तर वौद्ध दर्शनले मान्छे पनि मुक्त पुरुष (बुद्ध) बन्न सक्ने अवधारणालाई सुत्रबुद्धरुपमा पस्किएको वौद्धहरुको तर्क छ ।

हामी बुद्ध भन्ने वितिकै सिद्दार्थ गौतम बुद्धलाई मात्र बुझ्छांै तर वुद्धले भन्नुभयो,’’ संसारको सबैकुरा अनित्य (changeable) छ, म आफै पनि मेरो ज्ञान पनि अनित्य छ एकदिन सबै हराएर जानेछ र फेरि वौद्ध दर्शनको पुनरुत्थान हुनेछ र अर्का वुद्धहरु आउनेछन् । हामीले अक्सर सुन्ने गरेका वुद्धहरुमा, कक्रुछन्द वुद्ध, कनकमनि वुद्ध, दिपाङ्कर वुद्द, काश्यप बुद्द, मैत्रीय वुद्ध’’

बुद्धलाई Past बुद्द, Present बुद्ध र Future बुद्ध गरेर तीन भागमा हेरिन्छ । शाक्यमुनि वुद्द Present बुद्ध हुन जो ५४७ ओटा जुनि पार गरेपछि यसपटक बुद्धको रुपमा लुम्बिनिमा जन्मेको कुरालाइ जातक कथाले स्पष्ट पार्द्छ । वौद्द दर्शनमा पुनर्जन्म को अवधारणा रहेको छ । हरकोही मानव बुद्ध बन्न सक्छ तर त्यसको निम्ति उसले वौद्ध दर्शनले देखाएको विभिन्न शिलहरुलाइ अङ्गिकार गर्दै अभ्यासमा लाग्नुपर्छ । त्यसो गर्ने हो भने सम्पुर्ण सामान्य मानव पनि वोधिसत्व हुदै भविष्यमा बुद्द बन्न सक्दछ ।

आजभन्दा झण्डै २५०० वर्ष अगाडि सिद्दार्थ गौतम बुद्ध नेपालको लुम्बीनिमा आजकै दिनमा जन्मनुभयो त्यसपछि २९ वर्षको उमेरमा गृह त्याग गर्नुभयो ६ वर्षसम्म घनघोर तपस्यामा रहनुभयो र आजकै दिन उहालाइ बुद्धत्त्व प्राप्त भयो । वौद्ध धर्मको प्रचारमा लाग्नुभयो र अन्ततोगत्वा ८० वर्षको उमेरमा आजकै दिन कुशीनगरमा उहाँको परिनिर्माण भयो । त्यसकारण वैशाख शुक्ल पुर्णिमाको दिनलाइ विशेष महत्वपुर्ण दिन बुद्ध जयन्तीको रुपमा मनाइन्छ । सम्पुर्ण चराचर जगतको हितको निम्ति वुद्द ज्ञान सर्वकालीक महत्वपुर्ण रहेको छ । बुद्ध जयन्तीको शुभकामना ।