Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवक बनाउने कार्य कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवक बनाउने कार्य कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवक बनाउने उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो उक्त कार्यले नागरिकहरूको सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै शुक्रबार सर्वोच्चमा रिट परेको थियो ।

उनीहरूको रिटमा सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने भने पनि प्रहरीले भने शारीरिक दण्ड दिएको उल्लेख थियो । रिटमा कानूनी राज्यमा कानून अनुकूल मात्र सजाय वा दण्ड जरिवाना गर्ने गर्नु पर्नेमा कानून प्रतिकुल कुनै दण्ड सजाय सम्मानित अदालतबाट समेत गर्न नमिल्ने अवस्थामा ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई बलजफ्ती काममा लगाउने कार्य तत्काल रोक्न माग गरिएको थियो

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन पारेर मापासे लगायतका ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवामा खटाउने निर्णय भएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।