काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न सबै अस्पताललाई निर्देशन दिएका छन । उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको ठहर गर्दै बालेन शाहले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका हुन ।
बुधबार सूचना प्रकाशित गर्दै महानगरले हाल काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकाले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो । सुचनामा भनिएको छ । नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सम्मानित श्री सर्वोच्च अदालतबाट ०७१ डब्लु ओ––०९६९ को उत्प्रेषणयुक्त परमादेश मुद्दामा मिति २०७४।६।२ मा भएको आदेश समेतका आधारमा अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था छ। हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी (औषधि पसल) सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकोले यो सूचना प्रकाशित गरिएको छ। अतः उल्लिखित कानूनी व्यवस्था सम्मानित श्री सर्वोच्च अदालतको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रूपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नुहुन यो सार्वजनिक सूचना मार्फत सूचित गरिन्छ । सुचनामा भनिएको हो ।
सर्वोच्च अदालतले २०७४ असोज २ गते नै अस्पतालहरुलाई आफ्नै फार्मेशी सञ्चालन गर्न आदेश दिएको थियो । नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार पनि अस्पतालहरूको न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर काठमाडौंका अधिकांश अस्पतालले फार्मेशी सेवा सञ्चालन निर्देशिका तथा सर्वोच्चको आदेशको अटेर गर्दै अन्य व्यक्तिहरुलाई फार्मेशी सञ्चालन गर्न दिइरहेका छन् ।जसकारण उपभोक्ताहरुले चर्को मूल्य तिरेर गुणस्तरहीन औषधि लिन बाध्य भएकाले उल्लिखित कानूनी व्यवस्था सर्वोच्च अदालतको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रूपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सबै अस्पतालले अनिवार्य फार्मेशी सञ्चालन गर्नुपर्ने महानगरले बताएको छ । यसरी बालेन शाहले महानगरका अस्पतालहरुलाई कडा निगरानी गर्न थालेका छन । महानगरबासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनी कडा रुपमा पनि प्रस्तुत भईरहेका छन ।